आईपिएलः राजस्थान रोयल्स विजयी

युएइ । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । युएईको सारजहा क्रिकेट मैदानमा गएराति भएको खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले हराउँदै राजस्थानले नयाँ सिजनमा विजयी सुरुवात गरेको हो ।

खेलमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनायो । उसका लागि सन्जु स्यामसनले ३२ बलमा ९ छक्का र एक चौकाको मद्दतले ७४ रन बनाए । यसैगरी कप्तान स्टेभन स्मिथले ६९ रनको योगदान दिए ।

अन्तिम ओभरमा राजस्थानमा जोफ्रा आर्चरले विस्फोटक ब्याटिङ गर्दै ३० रन जोडेपछि राजस्थानले उच्च योगफल बनाएको हो । बलीङतर्फ चेन्नाईका साम कुरानले तीन विकेट लिए ।

जवाफमा २ सय १७ रनको लक्ष्य पछ्याएको चेन्नेईले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन मात्र बनाउन सक्यो । चेन्नईका फाफ डु प्लेसिसले ७२ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । जारी आईपिएलमा राजस्थानको यो पहिलो खेलमा पहिलो जित हो भने चेन्नाईको दुई खेलमा पहिलो हार हो ।

७ आश्विन २०७७, बुधबार ०८:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..