१३५६ संक्रमित थपिए, थप २ जनाको मृत्यु

काठमाडौँ । विगत २४ घण्टामा देशभर एक हजार ३५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ११ हजार १५४ जनाको पिसीआर परीक्षण गरिएको जानकारी दिए । योसंगै अहिलेसम्म ६६ हजार ६३२ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै विगत २४ घण्टामा ८२३ जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । अहिलेसम्म ४८ हजार ६१ जना सङ्क्रमित निको भई घर फर्किसकेका छन् । यस्तै देशभर सक्रिय सङ्क्रमित १८ हजार १४२ जना रहेका छन् भने क्वारन्टिनमा सात हजार १७१ जना रहेका छन् ।

त्यसैगरी कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२९ पुगेको छ ।

उपत्यकामा थपिए ६४७ कोरोना संकमित
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट उपत्यकामा थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट काठमाडौंका ५० बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

६ आश्विन २०७७, मंगलवार १७:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको..

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५०..

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो..

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै..