नेकपा सचिवालय बैठक बस्दै, त्यसअगावै मन्त्रिपरिषद बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । कोटेश्वरको पेरिस डाँडामा हिजो बस्ने भनिएको बैठक आज साँढे १२ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार सारिएको थियो ।

सचिवालय बैठक अघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । सचिवालय बैठकवाट मन्त्रिमण्डल पुनर्गठन सम्वन्धी मापदण्डलाई अन्तिम रुप दिने नेकपाको तयारी छ । प्रधानमन्त्रीबाहेक सबै मन्त्रीलाई राजीनामा गर्न लगाउने र सबै नयाँ राख्ने, सबैलाई राजीनामा गराउने अनि राम्रो काम गरेका केहीलाई पुनर्गठनमा दोहो-याएर बाँकी नयाँ ल्याउने विकल्पमा नेकपाले छलफल गरिरहेको छ ।

त्यस्तै दुई वर्ष मन्त्री भइसकेकाहरूलाई हटाएर नयाँलाई राख्ने र कार्यसम्पादनका आधारमा मन्त्रीहरू हेरफेर गर्ने चारवटा प्रस्तावमा सचिवालयमा छलफल सुरु भएको छ । बैठकमा संवैधानिक आयोगका पदाधिकारी चयनका विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा सांगठनिक एकीकरणका काम पूरा गर्ने, पार्टी संगठन विभागको निर्णयमा छलफल र अनुमोदनको प्रस्ताव, स्थायी र केन्द्रीय कमिटीको रिक्त रहेका सदस्यहरूको पदपूर्ति, कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा, केद्रीय कमिटीका सदस्यहरूलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने लगायतका विषयमा पनि छलफल हुनेछ ।

यसैबीच नेकपाको सचिवालय बैठकअघि मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बालुवटारमा अब केही बेरमा शुरु हुने एक मन्त्रीले बताए । आजको बैठकमा कोभिड १९ लगायत अन्य नियमित विषयमा छलफल हुनेछ । सोमबार बस्नुपर्ने नियमित बैठक बसेको थिएन । त्यसैले आजको बैठक नियमित भएको एक मन्त्रीले जानकारी दिए ।

६ आश्विन २०७७, मंगलवार १०:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..