ड्रग्स काण्डमा नाम जोडियो दीपिकाको

मुम्बई । सुशान्त सिंह राजपूतको आत्महत्यासम्बन्धी जाँच गर्न सीबीआईलाई अदालतले जिम्मा दिए लगतै ड्रग्स कारोबारमा भारतीय चलचित्रका नाम चलेका नायीका र नायकहरुको संलग्नता देखिदै गएको छ । नायिका रिया चक्रवर्ती ड्रग्सको केशमा अहिले जेलको हावा खादैछिन भने ड्रग्स कारोबारमा उनीलगायत १६ जना प्रहरी हिरासतमा गैसकेका छन् ।

हिजो सोमबारदेखि ड्रग्स कारोवारमा भारतीय नायीका दीपिका पादुकोण जोडिन आएकी छन् । ड्रग्स सञ्जलमा बलिउडका वरिष्ठ नायीका दीपिका पादुकोण, श्रद्धा कपूर, रकुल प्रित सिंह र सारा अली खानको नाम भारतीय मिडियाहरुले लिएका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सोमबार सुशान्त सिंह राजपूतको म्यानेजर जया शाहसँग चार घण्टा सोधपुछ गरेको थियो ।

दीपिका पादुकोण र करिष्माबीच ड्रग्सको कुराकानी हुँदा डी र के सांकेतिक भाषामा हुने गरेको भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेका छन् । दीपिकालाई केही दिनमै नारकोटिक्स कन्ट्रोल ब्यूरोले छानविनका लागि बोलाउने भएको छ ।

दीपिका पादुकोण (डी) ले करिष्मासँग तिमीसँग माल (सामान) अर्थात ड्रग्स छ भनेर कोड भाषामा सोध्दा जवाफमा छ, तर घरमा छ, म अहिले बान्द्रामा छु करिष्माले जवाफ फर्काएकी छन् । ड्रग्स चहिन्छ भने म अमितलाई भनी दिन्छु करिष्माले भनेकी छन् । यसरी उनीहरुले लामै सम्वाद गरेका छन् । गाँजा होइन है दीपिकाले भनकी छन् ।

वाट्स्एपमार्फत भएको सम्बाद सोमबार सार्वजनिक भएको थियो । जया शाहसँग सोमबार दिउसो २ बजेदेखि साँझ ६ बजेसम्म नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सोधपुछ गरेको थियो । उनीसँगको सोधपुछ नसकिएको हुनाले आज मंगलबार पनि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को टोलीले जयालाई बोलाएको छ ।

६ आश्विन २०७७, मंगलवार ०९:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..