सभापति देउवाद्वारा जनसम्पर्क समिति समन्वय विभागलाई पूर्णता

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहनु भएको पार्टीको जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरु मनोनयन गरी विभागलाई आज पूर्णता दिनुभएको छ ।

उहाँले विभागको सदस्यहरुमा विरेन्द्रकुमार माझी, दिलबहादुर गुरुङ्ग, प्रेमध्वज लामा, जानकीलाल बस्नेत, कुलप्रसाद गुरुङ्ग, नरेन्द्र भाट, साम्राज्य बिक्रम पाण्डे, तिलकबहादुर भण्डारी, पेमा निमा शेर्पा, भरत गुरुङ्ग, मनोज मिश्र, सुरज नायक, गिरिराज कुँवर, श्री सापकोटा, लवराज दाहाल, राम श्रेष्ठ, नाचोङ गुरुङ्गलाई मनोनयन गर्नुभएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैगरी विभागको सदस्यमा विष्णुबहादुर रायमाझी, दिनामणि पाण्डे, कृष्ण सापकोटा, चित्रबहादुर मल्ल, दिलेन्द्र रावल, प्रज्ञान न्यौपाने, भरत अर्याल, जगदीश न्यौपाने, मनोज भण्डारी, बद्री अर्याल, जगदीश पौडेल, नन्दुपुनु नेपाली, सन्तोषप्रसाद रिजाल, शेषकान्त पुरी, जगदीश खाँण, जीवन नेपाल, श्यामप्रसाद उप्रेतीलाई मनोनयन गरिएको छ ।

५ आश्विन २०७७, सोमबार १८:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..