बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर गाउँपालिकामा कार्यरत अधिकृत भानुभक्त उपाध्यायलाई गाउँपलिकामै काम गर्ने महिला कर्मचरीलाइ बलत्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भजनीको प्रहरी टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार जोशीपुर गाउँपालिकाको कार्यालयमा कार्यरत महिला सहकर्मीलाई बलात्कार गरेको आरोपमा अधिकृत उपाध्याय पक्राउ परेको बुझिएको छ । उनले शनिबार नै अधिकृत उपाध्यायविरुद्ध मुद्दा दर्ता गरी उनलाई प्रहरी हिरासतमा राखिएको जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता बिष्टले जानकारी दिएका छन्।

४ आश्विन २०७७, आईतवार १३:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..