नायिका पायल घोष बलत्कृत

काठमाडौं । बलीवुड नायिका पायल घोषले फिल्म निर्माता र निर्देशक अनुराग कश्यपलाई बलत्कारको आरोप लगाएकी छन् । उनको यो आरोपछि अर्की नायीका कंगना रौनतले अनुराग कश्यपलाई गिरप्mता गर्न आग्रह गरेकी छन् ।

पायलका अनुसार अनुराग कश्यपले उनको यौन शोषण गरेका थिए । पायल घोषले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनलाई गिरप्mता गरी कानुनी कारवाही गर्न आग्रह गरेकी छन् । पटक पटक चर्चामा आइरहेने नायीका कंगना रनौतले महिला आयोगका लागि अनुराग कश्यप चुनौती रहेको बताएकी छन् । त्यसैबीच राष्ट्रिय महिला आयोग अध्यक्ष रेखा शर्माले पायललाई आयोगमा निवेदन दिन र कारवही तुरुन्तै अगाडी बढाउने आश्वासन दिएकी छन् । अनुरागमाथि तुरुन्तै कारवाही गरिने रेखा शर्माको चेतावनीले बलिउड क्षेत्रमा सनसनी मच्चिएको छ ।

सुशान्त सिंहको आत्महत्या र रिया चक्रवर्तीको ड्रग्स कारोवारमा संलग्न केशमा उनलाई गिरप्mतार गरिएको विषयमा केन्द्रीत रहेर वरिपरि घुमिरहेका भारतीय मिडियाले पायल घोष र अनुराग कश्यपको मामिला पाएका छन् । भारतीय मिडियाको प्रमुख विषय पाकिस्त, चीन र बलिउड बन्दै आएको छ ।

सोशल मिडियामा पायल घोषले लेखेकी छन्– म असुरक्षित छु, सिर्जनशील अनुराग कश्यपमा राक्षशी प्रबृति छ । उनीमाथि कारवाही होस् । उनले भारतीय प्रधानमन्त्री मोदीसँग अनुरागलाई कारवाही गर्न आग्रह गरेकी छन् । निर्देशक अनुरागले घोषको आरोपको प्रतिवाद गर्दै झुट नबोल्न र आप्mनो मर्यादा राख्न आग्रह गरेका छन् ।

पायल घोषले हिन्दी र पञ्जावी फिल्ममा काम गरिसकेकी छन् भने २०१६ देखि विभिन्न टलिसिरियलहरुमा नायीकाको रुपमा देखिदै आएकी छन् ।

४ आश्विन २०७७, आईतवार ०९:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..