आफ्नो समर्थनमा प्रदर्शन नगर्न कुलमानको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा प्रदर्शन नगर्न आग्रह गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले प्राधिकरणको कार्यकारी नेतृत्व परिवर्तनको अधिकार नेपाल सरकारसँग भएको भन्दै कोरोना महामारीको बेला विरोध प्रदर्शन नगर्न आग्रह गरेका हुन् ।

विरोध प्रदर्शनप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै कुलमानले नेतृत्व परिवर्तन हुनु नियमित प्रक्रिया भएको विज्ञप्तीमा उल्लेख गरेका छन् । चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै काठमाडौंसहित विभिन्न ठाँउमा केही दिनदेखि प्रदर्शन भैरहेको छ ।

चार वर्षे कार्यकाल पूरा गरेर कुलमानले भदौ २९ गते विद्युत प्राधिकरणबाट बिदा भएका थिए । नेपाललाई लोडसेडिङमुक्त र प्राधिकरणलाई नाफामा लगेकाले उनलाई पुन कार्यकारी निर्देशन बनाउनुपर्ने माग उठदै आएको छ ।

३ आश्विन २०७७, शनिबार १७:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..