कांग्रेस महामन्त्री डा. कोइराला संक्रमणमुक्त

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला कोरोना संक्रमणमुक्त भएका छन । कोरोना संक्रमणपछि असहज महशुष भएपछि ओम अस्पतालको आइसोलेसन भर्ना भएका कोइराला आज विहान डिस्चार्ज भएका हुन् ।

महामन्त्री कोइरालाले फेसबुकमार्फत आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भएपछि डिस्चार्ज भएको बताएका छन् । चिकित्सकको सल्लाह बमोजिम उनी अझै केही दिन होम आइसोलेसनमा बस्ने उनले जानकारी दिएका छन् ।

महामन्त्री कोइरालाले आफ्नो उपचारमा संलग्न डाक्टर विश्वनाथ कोइरालालगायतको चिकित्सक टोलीलाई धन्यवाद ज्ञापन गरेका छन् । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेको समयमा असहज महशुष भएपछि उनी भदौ ३२ गते अस्पताल भर्ना भएका थिए । कांग्रेस महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

३ आश्विन २०७७, शनिबार १७:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..