बुसान इन्टरनेसलमा नेपालबाट ‘जुलुंगो’ छनोट

काठमाडौं । कोरियोका प्रतिष्ठित बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा यस वर्ष राजेशप्रसाद खत्री निर्देशित लघु चलचित्र ‘जुलुंगो (अ स्केयर क्रो)’ पनि चयन भएको छ । बुसानले सोमबार सार्वजनिक गरेको सूचीअनुसार एसियन सर्टमा प्रतिस्पर्धामा ‘जुलुंगो’ छनोट भएको जनाएको छ ।

यो चलचित्र बुसानको ‘वाइड एंगल : एसियन सर्ट फिल्म कम्पिटिसन’अन्तर्गत छनोट भएको हो । यससँगै यस वर्ष बुसनमा दुई नेपाली फिल्म छनोट भएको छ । कोरियाको प्रतिष्ठित एसियाली फिल्म फेस्टिभल बुसानमा छनोट भएपछि निर्माण टोलीले बिहीबार ‘जुलुंगो’को पोस्टर सार्वजनिक गरेको छ ।

‘वाइड एंगल : एसियन सर्ट फिल्म कम्पिटिसन’ प्रतिस्पर्धाका लागि १० एसियाली फिल्म छनोटसँगै जुलुंगो पनि परेको हो । नेपाल, फ्रान्स र हङकङको संयुक्त निर्माणमा बनेको यस फिल्मका निर्माताहरू र भाम (नेपाल), क्याथरिन डसार्ट (फ्रान्स) र सुक फोङ चोक (हङकङक) हुन् ।

यस सेक्सनमा नेपालसहित इरान, भियतनाम, मलेसिया, फिलिपिन्स, भारत, मंगोलिया, कम्बोडिया, बंगलादेशका फिल्म छानिएका छन् । छानिएका अधिकांश फिल्म अन्तर्राष्ट्रिय सहकार्यमा निर्माण भएका छन् । यस सेक्सनको विजेताले ‘सोन्जी अवार्ड’का साथै १० हजार अमेरिकी डलर (करिब ११ लाख ७० हजार) पाउनेछ ।

मुगुको परिवेशमा एक बालिकाले आफ्नो पढ्ने रहरलाई आफैंभित्र राखेर घरायसी काममा सीमित राख्नुपर्ने बाध्यता नै जुलुंगोको कथावस्तु हो । पश्चिममा ‘भ्याउना’ भनेर भनिने जुलुंगोको अर्थ बालीनाली रक्षा गर्न राखिने मान्छे आकृतिको बुख्याँचा भन्ने हुन्छ ।

बुख्याँचा बनाउने जिम्मा पाएपछि आमालाई सहयोग गर्नुपर्ने कारणले स्कुल जानबाट वञ्चित भएकी नानीको कथा जुलुंगो हो । शून्य फिल्मसले निर्माण गरेको फिल्मको सिनेमाटोग्राफी शिशिर बिसांखेले गरेका हुन् । फिल्मा मुगुकै स्थानीय कविता बुढा, राधिका मल्ल, तारादेवी मल्ल, कविराज भामलगायतको अभिनय रहेको छ । असिम खनालको सहायक निर्देशन रहेको जुलुंगोको किरण श्रेष्ठकोे सम्पादन, किशोर आचार्यको साउन्ड डिजाइन रहेको छ ।

यस्तै, तीन दिनअघि नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ मुख्य प्रतिस्पर्धामा छनोट भएको हो । योसहित नेपालबाट यसपालि बुसानमा दुई फिल्म छानिएका छन् ।

३ आश्विन २०७७, शनिबार ११:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..