बार्यन म्युनिखले गर्‍यो गोलको बर्षा

म्युनिख । जर्मन बुण्डेस लिग फुटबलको नयाँ सिजनमा च्याम्पियन बार्यन म्युनिखले प्रभावशाली जित निकालेको छ । गएराति भएको लिगको पहिल खेलमा बार्यन म्युनिखले एफसी शाल्केलाई ८–० ले पराजित गरेको छ ।

पहिलो हाफमा तीन गोल गरेको बार्यनले दोस्रो हाफमा थप पाँच गोल गरेको हो । म्युनिखको जितमा सर्ज ग्नाब्रीले ह्याट्रिक पूरा गरका छन । यस्तै १९ औँ मिनेटमा लियोन गोरेट्ज्काले र ३१ औँ मिनेटमा पेनाल्टी मार्फत रोर्बट लेवान्डोस्कीले गोल गरेका हुन ।

यस्तै, ६९ औँ मिनेटमा थोमस मुलर, ७१ औँ मिनेटमा लिरोय साने र ८१ औँ मिनेटमा जमाल मुसिएलाले गोल गरेसंगै शाल्के फराकिलो गोल अन्तरले पराजित हुन पुग्यो ।

३ आश्विन २०७७, शनिबार १०:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..