शुक्रबार एकै दिन २ हजार २० संक्रमित, उपत्यकामा मात्र ८ सय ५९

काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुमा गरी शुक्रबार ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ९८, ललितपुरमा ७९ तथा भक्तपुरमा ८२ जनामा संक्रमण भएको हो । बिहीबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६ सय १८ जना कोरोना संक्रमित थप भएका थिए । काठमाडौंका ५ सय ७ जना, भक्तपुरका ५० र ललितपुरका ६० जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार बिहीबारभन्दा काठमाडौमा मात्र १९१ जना संक्रमित थप भएका छन् । ललिपुरमा १८ र भक्तपुरमा ३२ संक्रमित थप भएका छन् ।

त्यस्तै, शुक्रबार २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । शुक्रबार ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजो बिहीबार १२ सय ४६ जनामा कोरोना भाइरसको संक्रमित थप भएका थिए । देशभरका प्रयोगशालामा १० हजार ६४१ जनाको नमुना परीक्षण गर्दा १२ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार थप भएका २ हजार २० संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ७३ पुगेको छ ।

शुक्रबार ८७१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ । देशभर १७ हजार ३ सय ८३ जना कोरोना संक्रमित छन् । क्वारेन्टिनमा रहेकाहरुको संख्या ७ हजार ७ सय ३६ रहेको छ । शुक्रबार ७ जना व्यक्तिले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा २ महिला र ५ पुरुष छन् । मोरङका ६६ र ६६ वर्षीय दुई पुरुष, काठमाडौंका ८८ वर्षीय पुरुष र ८५ वर्षीया महिला, भक्तपुरका ८२ वर्षीय पुरुष, ललितपुरकी ६६ वर्षीया महिला र नवलपरासीका ३१ वर्षीय पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ९० पुगेको छ ।
छ ।

२ आश्विन २०७७, शुक्रबार १७:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..