राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले पनि अप्रत्यक्ष रूपमा सहभागी हुने भएको छ ।

महासभालाई प्रधानमन्त्री ओलीले आगामी सोमबार नेपालबाटै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै प्रधानमन्त्री ओलीले भोलि शनिबार दिगो विकास लक्ष्य दुइ हजार बीस र असोज चौध गते जैविक विविधता सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आणविक अस्त्रहरुको पूर्ण उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने बैठक र अल्पविकसित राष्ट्र र भूपरिवेष्ठित विकासोन्मूख राष्ट्रहरुको मन्त्रिस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । महासभाकै समयमा हुँदै आएको सार्क मन्त्रिपरिषद्को भर्चुअल बैठक नेपालले यही असोज आठ गते आयोजना गर्दैछ ।

महासभा अन्तर्गतका उच्चस्तरीय सत्रहरु पनि आजैदेखि प्रारम्भ भएका छन् । यो वर्षको महासभाको कोरोना भाइरसको सामना लगायतका विषय प्राथमिकतामा रहेका छन ।

२ आश्विन २०७७, शुक्रबार १४:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..