तरकारी खेतीमा रमाउदै करिश्मा

काठमाडौं । लामो समय नेपाली चलचित्र क्षेत्रमा सक्रिय नायिका करिश्मा मानन्धरले ललितपुरमा फार्म हाउस खोलेर तरकारी खेती सुरु गरेकी छिन् । उनको फार्म हाउसमा माछा पोखरी सहित विभिन्न जातका तरकारी पाइन्छ । ललितपुरको गाेदामचौरमा दुई वर्षअघिदेखी खेती सुरु गरेकी करिश्माले अघिल्ला वर्ष धान खेती गरेकी थिइन् । ‘धान खेतीबाट खासै राम्रो आम्दानी भएन यसपालीबाट तरकारी खेती सुरु गरेँ ।’ उनले भनिन् ।

कोरोना संक्रमणपछि तरकारी खेती सुरु गरेकी करिश्मा यसपाली पानी धेरै परेकाले तरकारी अलि ढिला भएको बताउछिन् । त्यसो त उनको निवास पनि फार्म हाउस जस्तै छ । गोदावरी बस्दै आएकी करिश्माको घरमा अहिले पनि अम्बा, आरु, हलुवाबेद, जामुनलगायतका फलफूलका बोट बिरुवा छन् । केही लोकल कुखुरा पनि पालेकी छिन् ।

चलचित्रमा अभिनय गर्दा गर्दै डा. बाबुराम भट्टराई नेतृत्वको ‘नयाँ शक्ति’ पार्टीमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी करिश्मा राजनीतिमा रमाउन सकिनन् । कृषिकर्मलाई भने निरन्तरता दिने योजना छ उनको ।

२ आश्विन २०७७, शुक्रबार ०९:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..