फिफा वरीयतामा नेपाल यथावत्

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा बिहीबार जारी नयाँ वरीयतामा नेपाल १७०औं स्थानमा यथावत् रहेको हो । गत महिना पनि नेपाल १७०औं स्थानमै रहेको थियो ।

त्यस्तै, नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । एक स्थान घटुवा भएको भारत १०९औं स्थानमा छ भने माल्दिभ्स १५५औं स्थानमा रहेको छ ।

नेपालभन्दा तल बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंका रहेका छन् । बंगलादेश १८७औं, भुटान १८९औं, पाकिस्तान २००औं र श्रीलंका २०६औं स्थानमा रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत् रहेको छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो तथा पोर्चुगल पाँचौं स्थानमा रहेका छन् । पोर्चुगल भने दुई स्थान उक्लिएर पाँचौं स्थानमा पुगेको हो ।

एक स्थान झरेको उरुग्वे छैटौं, स्पेन सातौं, क्रोएसिया आठौं, अर्जेन्टिना नवौं र कोलम्बिया दशौं स्थानमा रहेका छन् ।

२ आश्विन २०७७, शुक्रबार ०८:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..