कांग्रेस सभापति देउवा होम आइसुलेसनमा, सचिवालयका कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सचिवालय कर्मचारीमा संक्रमण पुष्टि भएसँगै देउवासमेत कन्ट्रयाक ट्रेसिङमा परेका छन् । सभापति देउवा देउवा होम आइसोलेसनमा बसेका हुन् ।

सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको भोली स्वाब परीक्षण गरिने सहयोगी भानु देउवाले जानकारी दिए । देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित भएको छ ।

देउवाको कोरोना परिक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने बताइएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा आज छलफल हुने पूर्व निर्धारित कार्यक्रम थियो ।

१ आश्विन २०७७, बिहीबार १५:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..