आँचल शर्मा अचेल कपाल रोप्छिन्

काठमाडौं । अभिनेत्री आँचल शर्माले विवाहपछि आफ्ना पति उदिप श्रेष्ठसँग मिलेर कपाल उमार्ने तथा शरीरिक रुपमा तौल घटाउने उपचार केन्द्र सञ्चालन गरेकी छिन् । बालुवाटार क्षेत्रमा सञ्चालन गरिएको यही कार्यालयमा आँचल र उदिप आजकाल व्यस्त हुने गरेका छन् । सेलिब्रेटी देखि विभिन्न व्यक्तिहरुको कपाल र रोप्न र तौल घटाउनमै अभिनेत्री आँचलको दीनचर्या बित्ने गरेको छ । जसलाई उनले नेपालमा एउटा नयाँ उपचारको रुपमा चर्चा गरिरहेकी छिन् ।

अभिनेत्री आँचलसँग फिल्म पनि छैन । गत वर्ष यही समयमा उनले फिल्म झिँगेदाउमा अभिनय गरेकी थिईन् । त्यसपछि उनको हातलमा सिनेमा छैन । विवाहपछि भिडियोमा देखिन थालेकी आँचल यही कारण पनि आजकाल कपाल रोप्ने व्यबसायमा व्यस्त छिन् ।

यसरी टाउकोमा कपाल रोप्ने ब्यबसाय सुरु गरेकी यी अभिनेत्रीलाई एउटा अन्तरवार्तामा टाउकोको तौल सोध्दा आँचल अहिले विवादमा परेकी छिन् । कपालको मोल सोधेको भए आफुले रोप्ने गरेको कपालको मूल्यसँग हिसाब गरेर उनले जवाफ दिने थिईन होला । तर टाउकोको तौल नै सोधेपछि उनले बताउन सकिनन् । अन्तत एउटा टाउकोको तौल थापा पाउन त्यो टाउकोलाई तराजुमै राख्नु पर्ने बताएकी छिन् ।

अभिनेत्री आँचल यही विभिन्न ट्रोलको सिकार भएकी छिन् । कपालका रौं गनेर त्यो बराबरको पैसा लिँदै कपाल रोप्ने व्यबसाय अँगालेकी अभिनेत्री आँचल अहिले टाउकाको तौलबारे जान्न भने तराजुमा जोख्नु पर्ने अडान कसेकी छिन् । सोही कुरालाई लिएर अहिले उनको टाउकोको तस्बिरमा विभिन्न तौल राखेर सामाजिक सञ्जालमा ट्रोलको हाँसो बनाईएको छ ।

१ आश्विन २०७७, बिहीबार ०९:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..