२४ पेनाल्टी २१ गोल

लन्डन । इंग्लिस फुटबल लिग कप (ईएफएल)मा एफसी बर्नमाउथले क्रिस्टल प्यालेसमाथि पेनाल्टी सुटआउटमा रोमाञ्चक जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा कुनै पनि गोल ननिस्किएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटमा लिइएको थियो । पेनाल्टी सुटआउट पनि निकै रोमाञ्चक बनेको थियो ।

दुई टोलीले २४ पेनाल्टी प्रहार गर्दा बर्नमाउथ ११–१० ले विजयी हुँदै दोस्रो चरणका पुग्न सफल भयो । अन्तिम पेनाल्टीमा क्रिस्टल प्यालेसका मिलिभोजेभिक चुकेका थिए । बर्नमाउथका डाभिड ब्रुक्स, साम सुरिज, फिलिप बिलिङ, लोयड केल्ली, डोमिनिक सोलांके, ज्याक सिम्पसन, डान गोस्लिङ, जेफर्सन लेर्मा, नाम्दी ओफोबोर र जोर्डन जेमुराले गोल गर्दा एस्मिर बेजोभिक चुके । क्रिस्टल प्यालेसका लुका मिलिभोजेभिक, मिचे बात्सुयाई, एन्डोर्स टाउट सेन्ड, इविरेची इजी, जोर्डन एयु, म्यास मेयर, मामोडोउ साको, मार्टिन केल्ली, रायन इनिस र जारोस्ला ज्याकले गोल गर्दा ११औं पेनाल्टीमा वाइन हेनेसी गोल गर्नबाट चुके ।

त्यसपछि बर्नमाउथका डाभिड ब्रुक्सले गोल गर्दा प्यालेसका लुका मिलिभोजेभिकको प्रहार बर्नमाउथका गोलरक्षकले एस्मिर बेगोभिकले बचाउँदै जित दिलाए । त्यसअघि पहिलो हाफमा साम सुरिजले गोल गरेपनि भीएआरबाट मान्यता नपाउदा बर्नमाउथ अग्रता लिनबाट चुकेको थियो । उनी अफसाइड देखिएका थिए । अब बर्नमाउथले अर्काे चरणमा म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

१ आश्विन २०७७, बिहीबार ०९:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..