खाना पकाउन सिक्दै सन्नी लियोनी

मुम्बई । पछिल्लो समय सबैभन्दा बढी स्टेज कार्यक्रममा व्यस्त रहने सन्नी लियोनी अहिले फुर्सदमा छिन् । न त कुनै नयाँ फिल्म छ न स्टेज कार्यक्रम नै ।

आफ्नो लागि यो समय विताउन निकै गाह्रो भएको उनको भनाई छ । आफ्ना श्रीमानसँग घरमा बसेर खाना पकाउन सिक्नु बाहेक अरु कुनै प्रगति यो अबधिमा नभएको पनि उनले बताइन् ।

लकडाउन सुरु हुनु अघि ६ महिनाका लागि उनले सम्झौता गरिसकेकी थिइन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना सँक्रमण भारतमा पनि फैलिएपछि सबै कार्यक्रम रोकियो । केबल भारतमा मात्र हैन, आफ्नो बिदेशका सबै कन्सर्टको बुकिङ रद्ध भएको यी अभिनेत्रीको भनाई छ । उनी कोरोना संक्रमण कहिले हट्ला र आफ्नो यस अघिका कार्यक्रम फेरी आयोजना होलान भन्ने प्रतिक्षामा छिन् ।

३१ भाद्र २०७७, बुधबार ०९:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..