मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर

बार्सिलोना । बार्सिलोनाका लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । फोब्र्स म्यागजिनले सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् ।

उनले गत वर्ष १२ करोड ६० लाख डलर कमाइ गरेको फोब्र्सले जनाएको छ । गत वर्ष युभेन्टसका क्रिस्टियानो रोनाल्डो सर्वाधिक कमाउने खेलाडी रहेका थिए । यो वर्ष उनी ११ करोड ७० लाख डलर कमाइसँगै दोस्रो स्थानमा छन् ।

पीएसजीका नेयमार ९ करोड ६० लाख डलर आम्दानी सहित तेस्रो स्थान र पीएसजीकै केलियन एम्बापे ४ करोड २० लाख डलर आम्दानी सहित चौथो स्थानमा परेका छन् ।

सर्वाधिक कमाउने फुटबल खेलाडीको सूचीमा इंग्लिस प्रिमियर लिगका तीन खेलाडी मोहम्मद सलाह, पउल पोग्बा र डेविड डि गेया पनि परेका छन । शीर्ष दसमा रियल मड्रिडका फरवार्ड गेराथ बेलपनि अटेका छन् ।

त्यस्तै बार्सिलोनाका एन्टोनियो ग्रिजम्यान र बायर्न म्युनिखका रोबर्ट लेवनडोस्की पनि बढि कमाइ गर्ने दशको सूचीमा परेका छन् ।

३० भाद्र २०७७, मंगलवार ०९:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..