रणमैदानमा परिणत भएको खेल

पेरिस । फ्रेन्च लिग वानअन्तर्गत पिएसजी र मार्सेलीबीच आइतबार राति भएको फुटबल खेलमा खेलाडीहरु खेल मैदानमा भिडन्तमै उत्रिएका छन् । खेलाडीहरु नै एकापसमा भिड्दा खेल मैदान ‘रणमैदान’ बन्न पुग्यो । जसमा रेफ्रीले पाँच वटा रातो कार्डसहित १७ वटा कार्ड देखाउनु परेको थियो ।

यस सिजनमा शुरुवातदेखि नै खराव प्रदर्शन गरिरहेको फ्रेन्च च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) मार्सेलीसँग १–० हार ब्यहोर्न बाध्य भयो । मार्सेलीसँगको खेलमा झगडामा उत्रिएपछि पिएसजीको सेलिब्रेटी स्टार खेलाडी नेइमारसमेत तीन जनाले लगालग रातो कार्ड पाएर मैदान छाड्नु पर्‍यो ।

३१ औँ मिनेटमा फ्लोरियन थाउविनले गरेको गोलले मार्सेली विजयी भएपनि खेलको अन्तिमतिर इन्जुरी समयमा खेलाडीहरुले देखाएको व्यवहार भने निकै आलोच्य देखियो । जसका कारण एउटै खेलमा पाँच खेलाडीले रातो कार्ड पाए पनि कूल १७ कार्ड देखाइयो । ९७ औँ मिनेटमा नेइमारले रातो कार्ड पाउँदा पिएसजीका तीन र मार्सेलीका दुई खेलाडीले रातो कार्ड पाए ।

पिएसजीका नेइमारसहित लियोन्ड्रो परेडेस र लेविन कर्जवा तथा मार्सेलीका जोर्डन एमावी र डारिओ बेनेडिट्टोले रातो कार्ड पाए । नेइमारलाई भने रेफ्रीले भिएआरबाट हेरेर रातो कार्ड देखाएका थिए । जहाँ नेइमारले पञ्च हानेको देखिन्छ ।

नेइमारले अल्भारो गोन्जालेजलाई पञ्च हानेका भनेर रातो कार्ड दिइएको हो । गोन्जालेजले भने नेइमारलाई पछाडिबाट टाउकोमा हिर्काएका थिए । नेइमारले भने आफूमाथि रंगभेदी गाली गरेपछि प्रतिरोधमा उत्रन परेको जनाएका छन् ।

२९ भाद्र २०७७, सोमबार १६:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..