अस्ट्रेलियाविरुद्ध इङ्ल्यान्ड विजयी, सिरिज बराबरीमा

लन्डन । इङ्ल्यान्डमा जारी तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली विजयी भएको छ । गएराति भएको खेलमा इङ्ल्यान्डले अस्ट्रेलियामाथि २४ रनले विजयी भएको हो । इङ्ल्यान्डले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले मात्र २ सय ७ रन जोड्न सक्यो ।

अस्ट्रेलियाले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र २ सय ७ रन जोडेको हो । अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ७३ रनको योगदान दिए पनि टोलीको जितका लागि प्रयाप्त हुन सकेन । उनले १०५ बलको समना गर्दै ८ चौका र एक चक्काको मद्दतमा ७३ रनको अर्धशतकिय पारी खेलेका हुन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले ५० ओभरमा नौं विकेट गुमाउँदै २ सय ३१ रन जोडेको थियो । अस्ट्रेलियाका लागि आदम जम्पाले तीन विकेट लिए । मिचेल स्टार्कले दुई तथा जोस हाज्लेवुड, पाट कुमिन्स र मिचेल मार्सके एक एक विकेट लिए । यससँगै सिरिजमा १(१ को बराबारी भएको । सिरिजको पहिलो खेल अस्ट्रेलियाले १९ रनले जितेको थियो ।

२९ भाद्र २०७७, सोमबार ०९:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको..

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५०..

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो..

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै..