फ्रान्समा यौन पेशाको अन्त्य गर्ने प्रयासमाथि सवाल

पेरिस, ८ भदौ । यौन व्यवसाय या बेश्यावृत्ति निर्मूल गर्न सरकारले राखेको उद्देश्यमाथि फ्रान्सका बुद्धिजीवीहरुले प्रश्न उठाएका छन् । साप्ताहिक राजनीतिक पत्रिका ‘ल नुभेल अब्जरभाटर’मा प्राज्ञ, कलाकार तथा लेखकहरुले विश्वको सबैभन्दा पुरानो पेसा अन्त्य गर्ने प्रयास असफल हुने धारणा व्यक्त गर्दै यो विषयमा समाजवादी प्रशासनले प्रयास सुरु गनुपर्ने विषयममाथि प्रश्न उठाएका हुन् ।
गत जुनमा नयां सरकारका महिलामन्त्री नाजात भालाड बेलकासेमले वेश्यावृत्ति अन्य गर्ने प्रयास गरिने घोषणा गरेपछि यस प्रकारको विवाद आएको हो । बुद्धिजीवीहरुले महिलालाई यौन दासता तथा संगठनात्मक आपराधिक समूहबाट मुक्त गराउने प्रयासलाई उनीहरुले स्वागत गर्ने पनि बताएका छन् । उनीहरुले वेश्यावृत्ति निर्मूल गर्ने विषयमा दुई अवधारणा रहेको तर्क अघि सारेका छन् । उनीहरुले यस विषयमा सारिएको अतिवादी महिला दृष्टिकोणसंगग असहमति जनाएका छन् भने यी अवधारणा ‘यौनकर्मी महिलाको आत्मसम्मानको उल्लंघन भएको’ तथा ‘सबै यौनकर्मी उनीहरुको ग्राहकबाट पीडित व्यक्ति भएको’ भन्ने अर्थ लाग्ने पनि उल्लेख गरेका छन् ।
उनीहरुले कहिलेकाहीं तथा पूर्ण अवधि यौनकर्म गर्ने सबै महिला पुरुषको दमनबाट पीडित नै भएको भन्ने कुरा सत्य नभएको पनि उल्लेख गरेका छन् । यसैगरी पुरुष ग्राहक पनि सबै डरलाग्दा आक्रमणकारी वा यौन हिंसा गर्ने व्यक्तित भएको र उनीहरुले महिलालाई उपयोग गरेर फ्यांक्ने सामान ठान्ने गरेको पनि सत्य नभएको उनीहरुले जनाएका छन् ।
उक्त लेखमा सहभागी हुनेहरुमा दार्शनिक एलिजाबेथ बाडिन्टर, लेखक रेजिन डेसफोरगेस तथा चलचित्र निर्माता क्लाउड लान्जमान परेको पनि उल्लेख गरिएको छ । सहमतिमा हुने सहज यौन कर्मलाई फ्रान्समा अपराध मानिन्न । यसो भए पनि वेश्यावृत्तिका लागि विज्ञापन गर्नु, सम्भोगका लागि कसैलाई खरिद गर्नु वा वेश्यालय चलाउनु यहां अपराध मानिन्छ । मन्त्री बेलकासेमले नयां उपायले वेश्याका ग्राहकलाई लक्ष्य बनाउने धारण्ाँ व्यक्त गरेका छन् । बौद्धिक व्यक्तित्वहरुले ग्राहकलाई अपराधी बनाउंदा वेश्यावृत्ति भूमिगत हुने र उनीहरु दलालको थप शोषणमा पार्ने विश्वास व्यक्त गरेका छन् । उनीहरुले राम्रोचाहनाबाट पनि नरकको बाटो खुल्ने उल्लेख गरेका छन् ।

८ भाद्र २०६९, शुक्रबार ०८:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..