अस्पतालमा मृत्यु भएका तीन मध्ये एकमा कोराना

चितवन । भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय पुरुष रहेका छन् । अस्पतालको आकस्मीक कक्षमा आइपुग्दा बिहिबार राती उनको मृत्यु भएको थियो । मृत्यु पछि गरिएको नमुना परिक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।

अन्य दुई जनाको भने नतिजा नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार शुक्रबार बिहान मृत्यु भएकी राप्ती नगरपालिका वडा नम्बर ४ की १८ वर्षीया युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारका लागि अस्पताल आईपुग्दा उनको मृत्यु भएको थियो ।
बिहीबार दिउँसो सघन उपचार कक्षमा खैैरहनी नगरपालिकाकी २२ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको पौडेलले बताउनुभयो ।
उनको पनि नतिजा नेगेटिभ आएको छ । उनीहरु तीनै जनालाई ज्वरो, खोकी सहित श्वासप्रश्वासमा समस्या देखिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि स्वाब परीक्षणका लागि पठाइएको थियो । यसअघि भदौ १४ गते अस्पतालको आकस्मिक कक्षमा तीन जनाको एकैदिन उपचारकै क्रममा मृत्यु भएको थियो । उनीहरुको कोरोना परीक्षण गर्दा तीनै जनाको नतिजा पोजेटिभ आएको थियो ।

२७ भाद्र २०७७, शनिबार १०:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..