निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा चलहपहल बढ्यो

काठमाडौं । तीन सातादेखिको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा विहीबार बिहानैदेखि चलहपहल बढेको छ । व्यापार–व्यवसाय खुल्न थालेका छन् भने निजी तथा सार्वजनिक गाडी जोर–बिजोर प्रणालीमा संचालन भएका छन् ।

उपत्यकाका तीनवटै जिल्लाका प्रशासन प्रमुखको संयुक्त बैठकले हिजो गरेको निर्णय अनुसार बिहान ११ बजेसम्म र बेलुका पाँच देखि ७ बजेसम्म गरी दुई सिफ्टमा खाद्यान्न पसल खुला हुनेछन् । खाद्य बस्तु, दूध र दुग्धजन्य पदार्थ, फलफुल, तरकारी, माछा मासु बिक्रीका लागि उक्त सिफ्ट लागु हुनेछ । यसैगरी फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसलहरु, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खोल्न पाइने छ ।

सवारी साधन मर्मत सम्बन्धी वर्कसपहरु बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ । यसैगरी सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसलहरु सोमबार, बुधबार र शनिबार मात्र खुल्न पाउने छन् । यसैगरि भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ । फर्निचर र अटोमोबाइल सम्बन्धी पसलहरु सातामा सोमबार र बुधबार मात्र खुल्नेछन् ।

काठमाडौँ उपत्यका भदौ ३ गतेदेखि निषेधाज्ञा लागु भएको थियो । पछिल्लो पटक परिमार्जित निषेधाज्ञा भदौ ३१ गतेसम्म कायम रहने छ ।

२५ भाद्र २०७७, बिहीबार १२:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..