कोरोनाबाट नेपालमा थप ६ जनाको मृत्यु, १०८१ संक्रमित थपिए

काठमाडौं । नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९१८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । नेपालमा कोरोना मुक्त हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ ।

रौतहटमा २० जना प्रहरीमा कोरोना संक्रमण
रौतहटको चन्द्रनिगाहपुरमा प्रहरी नायब उपरीक्षक सहित २० जना प्रहरीमा आज संक्रमण पुष्टि भएको छ । बुधवार बिहान आएको रिपोर्टमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक, दुई प्रहरी निरिक्षक सहित २० जनामा संक्रमण देखिएको हो । ठूलो संख्यामा प्रहरी कार्यालयका कर्मचारीमा संक्रमण देखिएपछि सो स्थानलाई सेनिटाइज गरेर भौतिक दूरी सहित कामलाई निरन्तरता दिइएको छ । संक्रमित प्रहरीलाई चन्द्रपुरको आइसोलेसनमा पठाइएको छ । प्रहरीसँग स्थानीय आठ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

२४ भाद्र २०७७, बुधबार १६:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..