विदेशमा रोजगारी गुमाएका हजारौं नेपाली अलपत्र

काठमाडौं । सरकारले पर्याप्तरुपमा नियमित र उद्धार उडान गर्न नसक्दा हजारौं नेपाली विदेशमा अलपत्र परेका छन् । भिसा अवधि सकिँदा जरिवाना तिर्न नसकेर धेरैको बिचल्ली भएको छ । नेपाली दूतावासले राम्रोसँग समन्वय नगरिदिँदा उनीहरुमा धैर्यको बाँध फुट्दै गएको छ ।

कोरोनाका महामारीका कारण एक लाख बढी नेपालीले विदेशमा रोजगारी गुमाएका छन् भने ९० हजार नेपाली भिसा अवधि सकिएर तथा विविध कारणले रोजगारी गुमाइ तत्काल स्वदेश फर्किनुपर्ने अवस्थामा रहेको सरकारी तथ्यांक छ ।

रोजगारी गुमाएको पीडा त छँदैछ, अर्कातिर सम्बन्धित दूतावासले पनि बेवास्ता गर्दा पीडामाथि पीडा थपिएको छ । साउदी अरबमा कार्यरत् नुवाकोटका अर्जुन लामिछाने लामो समयदेखि काम नपाइ यसै कोठामा थन्किएर बस्नुपरेको गुनासो गर्नुहुन्छ ।

दूतावासमा पटक–पटक सम्पर्क गर्न खोज्दासमेत फोन नै नउठाउने र ‘अफ’ गर्ने गरेको उहाँको भनाइ छ । सोलुखुम्बुका गाहाध्वज राईको पनि पीडा उस्तै छ । १० महिनाअघि रोजगारी गुमाएका राईले भिसा नवीकरणका लागि पटक पटक दूतावासमा आग्रह गरे । तर, काम हुनसकेन ।

विगत डेढ महिनायता घरबाटै रकम पठाएर आफनो गुजारा चलाउने गरेका छन् । मलेसियामा कार्यरत् विराटनगरका वेदकुमार खतिवडाको करार अवधि सकिसक्यो । न रोजगारदाता कम्पनी, न दूतावासले कानुनी प्रक्रियामा सहजीकरण गरेका छन् । घर फर्कन चाहेका खतिवडालाई दूतावासले ‘पीसीआर’ जाँचको रिपोर्ट लिएर आउन भन्छ । तर, कसरी गर्ने थाहा छैन ।

यूएईमा रहनुभएका नेपाली पत्रकार मेघराज सापकोटा यूएईबाट तत्काल फर्कन ३५ हजार तयार छन् । उनीहरु अब केही यो महिनाभन्दा बढी बसे जरिवाना तिर्नुपर्ने उहाँ बताउनुहुन्छ । हवाई भाडा महँगो भएका कारण कतिपय फर्कन नसक्ने अवस्थामा रहेको उहाँको भनाइ छ ।

सरकारले गत जेठ २३ गतेबाट सुरु गरेको उद्धार उडानबाट भदौ २३ गतेसम्म ५८ हजार नेपालीको उद्धार गरेको छ । फर्कनैपर्ने बाध्यतामा रहेकाको संख्या झन्डै दोब्बर छ । तर, पर्याप्त नियमित उडान हुन नसक्दा उनीहरुले कहिलेसम्म स्वदेश आइपुग्छन् भन्नसक्ने अवस्था छैन ।

२४ भाद्र २०७७, बुधबार ०९:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..