स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने पक्राउ

काठमाडौं । स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने बैतडीको सिगास गाउँपालिका—३ का भानसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोहरालाई आज दिउँसो घरबाटै नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

हिजो बेलुका स्वाब सङ्कलनका लागि गइरहेका बेला बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका अहेब भूपेन्द्र बोहरालाई भानसिंहले बाटोमा कुटपिट गरेका थिए । कुटपिटको आरोप लागेका बोहरालाई गाँजरी प्रहरी चौकीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।

हिजो सिगास गाउँपालिका—३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा नं ५ ढुङ्गाडमा स्वाब सङ्कलनका लागि हिडेका स्वास्थ्यकर्मी भूपेन्द्रमाथि कुटपिट भएको हो । भूमिराज आधारभूत विद्यालयमा वनसम्बन्धी बैठक चलिरहेको आफूले सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिनुभयो ।

कुटपिटबाट ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरामा चोट लागेको छ । सिगास गाउँपालिका—५ मा आज स्वाब सङ्कलन गर्ने क्रममा हिंडेका स्वास्थ्यकर्मीमाथि बाटोमै कुटपिट भएपछि स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको ढुङ्गाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउदले बताउनुभयो ।

२३ भाद्र २०७७, मंगलवार १८:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..