भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको दोस्रो स्थानमा

नयाँदिल्ली । विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अमेरिकापछि भारतमा धेरै भएको छ । यसअघि ब्राजिल दोस्रो स्थानमा रहेकोमा भारतले उसलाई उछिनेको हो ।

अहिले भारतमा संक्रमित हुनेको संख्या ४२ लाख पुगेको छ । संक्रमणकै कारण मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ । गएको २४ घण्टामा ९१ हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन १ हजार ८ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।

यसरी भारतमा संक्रमितको संख्या ४२ लाख २ हजार ५ सय ६२ पुगेको छ । त्यस्तै भारतमा कोरोनाबाट ज्यान जानेको कुल संख्या ७१ हजार ६ सय ८७ पुगेको छ । भारतमा ३२ लाख ४७ हजार २ सय ९७ जना संक्रमित उपचारपछि निको भएका छन् भने ८ लाख ८३ हजार ५ सय ७८ जना उपचाररत छन् ।

देशको जनसंख्याको हिसाबले कोरोनाका कारण मानिसको मृत्यु हुने संख्या तुलनात्मक रूपमा भारतमा कम मानिन्छ । तीव्र गतिमा भाइरसको संक्रमण ग्रामीण भेगसम्म फैलिँदै गएपछि अवस्था थप भयाभह हुने देखिएको छ ।

पछिल्लो समय राजधानी दिल्लीमा पनि संक्रमितको सङख्यामा उल्लेख्य वृद्धि भइरहेको छ । सरकारले व्यापार र यातायात पुनः खोल्दै गर्दा सङक्रमितको संख्या पनि ह्वात्तै बढेको हो । अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी ६२ लाख भन्दा बढीमा संक्रमण देखिएको छ । तेस्रो स्थानको ब्राजिलमा ४१ लाख भन्दा बढी संक्रमित छन् ।

२२ भाद्र २०७७, सोमबार ०९:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..