होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठगी !

काठमाडौं । यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका नागरिहरुलाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठग्ने क्रम बढेको आरोप लगाएका छन । विदेशबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकलाई होल्डिङबाट घर पठाउने क्रममा गाडी भाडमा ठगी भएको उनीहरुले आरोप लगाएका हुन । सार्वजनिक यातायात केन्द्रिय महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले अमुख व्यक्तिहरुले सेटिङमा यात्रुलाई ओसार्ने काम गरिरहेको बताए ।

आफ्ना मागहरु सम्बोधन नभए गाडी सडकमा उतारेर आन्दोलनमा उत्रिने चेतावनी सार्वजनिक यातायात केन्द्रिय महासंघले दिएको छ । संक्रमण भए÷नभएको एकिन गरी होल्डिङ सेन्टरबाट गन्तव्यमा पु-याउने गरी वैज्ञानिक व्यवस्थापन हुनुपर्ने महासंघको माग छ । वास्तविक व्यवसायीहरुलाई वैज्ञानिक तरिकाले गाडी शुल्क पाउनुपर्ने र यात्रुलाई ठगीनबाट रोक्नुपर्ने पनि महासंघले जनाएको छ ।

यसैबीच नेपाल राष्ट्रिय प्रगतिशिल यातायात श्रमिक संगठनले पनि होल्डिङ सेन्टरबाट यात्रुहरुलाई गन्तव्यमा पु-याउने जिम्मा यातायात व्यवसायीलाई दिनुपर्ने माग गरेको छ । सोही मागसहित ज्ञापन पत्र बुझाउन संगठनका पदाधिकारी गएपनि होल्डिङ सेन्टरबाट ज्ञापन पत्र नबुझेको अध्यक्ष राजेन्द्र शर्माले जानकारी दिए ।

२० भाद्र २०७७, शनिबार २०:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..