अर्थमन्त्री डा. खतिवडा पत्रकारसामू भावुकरुपमा प्रस्तुत

काठमाडौं । सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले राजिनामा दिएको घोषणा गरेका छन् । उहाँले पत्रकारको उपस्थितिमा आफू मन्त्रालयको नियमित कामकाजबाट बिदा भएको घोषणा गर्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा करिब २० मिनेट पत्रकारहरुलाई सम्बोधन गर्दै डा. खतिवडा बिदाइ हुनुभएको हो ।

उहाँले सञ्चार मन्त्रालयको जिम्मेवारी आफ्ना लागि नयाँ भएको बताउनुभयो । ‘आमसञ्चार, सूचना प्रविधि, विज्ञापन प्रविधि नबुझ्ने त होइन, तर यो मन्त्रालय सम्हालुँला र सरकारको प्रवक्ता हुन्छु भन्ने कल्पना गरेको थिइनँ,’ उहाँले भन्नुभयो, ‘सञ्चार मन्त्रालयको जिम्मेवारी अनपेक्षित थियो ।’

तत्कालीन मन्त्री गोकुलप्रसाद बास्कोटाले राजीनामा दिएपछि डा. खतिवडाले २०७६ साल फागुन ११ गते सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले अर्थ मन्त्रालयमा दुई वर्ष ६ महिनाभन्दा बढी र सञ्चार मन्त्रालयमा ७ महिना जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

मन्त्री खतिवडाले सूचना प्रविधि बिना विकासका कामहरु अब असम्भव रहेको बताउनुभयो । ‘टेली मेडिडिन, अनलाइन शिक्षा कुनै समय फेसनकोरुपमा थियो,’ उहाँले भन्नुभयो, ‘अब अनिवार्यजस्तै भएको छ ।’

सिंहदरबारभित्रै सूचना आदान प्रदानमा समय लाग्ने गरेको भन्दै बताउँदै मन्त्री खतिवडाले सूचना प्रविधिको विकास गर्न सकिए उहीबेला सूचना पुर्‍याउन सहज हुने उल्लेख गर्नुभयो । मन्त्री खतिवडाले आफूले मन्त्रालयमा रहँदा कतिपय विषयमा विधि बसाउने प्रयास गरेको बताउनुभयो । उहाँले व्यक्तिगत अभिष्टका लागि कुनै निर्णय नगरेको दाबी गर्नुभयो ।

१९ भाद्र २०७७, शुक्रबार १९:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..