बामदेव उपप्रधान र अर्थमन्त्री बन्दै !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले राष्ट्रियसभामा रिक्त रहेको एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा गौतमले आफूलाई उपप्रधान तथा अर्थमन्त्री दिनुपर्ने माग राखेका थिए ।

गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयसँगै युवराज खतिवडाले अर्थमन्त्री पद शनिबारदेखि सकिने भएकाले त्यअघि उनले राजिनामा दिने सम्भावना छ । उनी गत फागुन २० गते अर्थमन्त्री नियुक्त भएका थिए । अर्थमन्त्रीका रुपमा खतिवडा असफल रहेको ओली समर्थकहरुबाटै आएको थियो । खतिवडाले मुलुकमा लगानी भित्र्याउन नसकेको, आर्थिक उन्नतिमा खासै सफलता हासिल नगरेको र रोजगारी सिर्जन गर्न नसकेको अवस्थामा उनलाई अर्थमन्त्रीमा दोहो¥याउनु उपयुक्त नहुने चेतावनी दिएपछि ओली थप अन्योलमा परेका थिए ।

तर संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भन्ने कुरा संविधानमा उल्लेख छ ।

पार्टी सचिवालय र स्थायी कमिटी दुबैमा अत्याधिक अल्पमतमा परेकाले पार्टी अध्यक्ष ओली यो निर्णयसँगै दुई कदम पछाडि हट्न बाध्य भएका हुन् । यसअघि अग्नीप्रसाद सापकोटालाई सभामुख बनाउने कुरामा पनि यसै गरी प्रधानमन्त्री ओली दुई कदम पछाडी हटेका थिए । यस पटक पनि उनको असहमतिकै बीच पार्टी सचिवालय सदस्यहरुको बहुमत गौतमको पक्षमा देखिएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली गौतमलाई राष्ट्रिय सभामा ल्याउन सहमत भएका हुन् ।

१९ भाद्र २०७७, शुक्रबार ०९:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..