१६ रन खर्चिँदै सन्दीपले लिए २ विकेट, टिम पराजित

काठमाडौं । क्यारेबियन प्रियिमर लिग ‘सीपीएल’मा नेपाली स्पिनर सन्दीप लामिछानेले उच्च प्रदर्शन गरेका छन् । आज विहान भएको खेलमा जमैका तलाबाजका लागि लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

तर उनको टिम जमैका भने बारबाडोज ट्रिडेन्ट्ससँग ३६ रनले पराजित भएको छ । पहिले ब्याटिङ गरेको बारबाडोजले ७ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको जमैकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । त्यसमा सन्दीपले ४ रनको योगदान दिए र नटआउट रहे ।

सन्दीपले ४ ओभर बलिङ गर्ने क्रममा अनुशासित प्रदर्शन गरे । उनले १६ रन दिएर २ विकेट लिए । उनले रसिद खान र एस्ली नर्सको विकेट लिएका हुन् । जमैकाले अहिलेसम्म ५ खेल खेलेकोमा २ मा विजयी रहेको छ भने ३ मा पराजित रहेको छ ।

११ भाद्र २०७७, बिहीबार ०९:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..