रोनाल्डिन्हो पाँच महिनापछि जेलमुक्त

रियो दि जेनेरियो । ब्राजिलका फुटवल स्टार रोनाल्डिन्हो पाराग्वेको जेलबाट मुक्त भएको छन् । पाराग्वेका न्यायधिश गुस्ताभो अमरिल्लाले रोनाल्डिन्हो र उनका दाईलाई झन्डै पाँच महिनापछि जेलबाट मुक्त गरेका हुन् । न्यायाधीश गुस्ताभोले आफुले चाहेको जुनसुकै देशमा स्वतन्त्र रुपमा यात्रा गर्न पाउने भएपनि उनले आफ्नो स्थायी ठेगाना परिवर्तत गरेको खण्डमा सु–सुचित गराउनुपर्ने फैसला सुनाएका हुन् । रोनाल्डिन्होले आफ्ना रिहाईका शर्तहरु स्वीकार गरेका छन् ।

रोनाल्डिन्होलाई ६९ हजार पाउन्ड जरिवाना समेत तोकिएको छ । रोनाल्डिन्हो ब्राजिलमा प्रत्येक तीन महिनामा न्यायधिशसमक्ष एक वर्षसम्म र उनका दाई दुई वर्षसम्म पेश हुनु पर्नेछ । नक्कली पासपोर्ट र कागजातसहित पाराग्वे प्रवेश गरेको आरोपमा रोनाल्डिन्हो र उनका दाई रोवर्टा गत मार्चमा पक्राउ परेका थिए ।

दुबै दाजुभाइलाई पाराग्वे प्रहरीले एक महिनासम्म जेलमा र त्यसपछि चार महिना पाराग्वेको राजधानी असुनियनको एक होटलमा राखिएको थियो ।सन् २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा रोनाल्डिन्हो मुख्य खेलाडी थिए ।

उनले फिफा प्लेयर अफ दि इयर, बालोन डीओर जस्ता उपाधि जितेका छन् । रोनाल्डिन्होले बार्सिलोना, एसी मिलान लगायतका क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।

९ भाद्र २०७७, मंगलवार १४:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..