बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

लिस्वन । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो ।

स्टाडियो डा लुज रंगशालामा बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले निर्णायक गोल गरेका थिए ।

उनले जोसुवा किमिचको पासमा हेड गोल गरेका हुन् । पहिलो हाफमा भने दुबै टोलीले गोलको अवसर खेर फालेका थिए । यस सँगै बायर्नले छैटौं पटक पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।

यता, पीएसजी भने पहिलो पटक फाइनल पुगेर पनि च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएको छ ।

८ भाद्र २०७७, सोमबार ०९:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..