विद्युत प्राधिकरण हालसम्मकै उच्च ११ अर्ब पाँच करोड नाफामा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण आजदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गरेको छ । विगतमा घाटामा रहेको प्राधिकरण आर्थिक वर्ष २०७३/०७४ देखि नाफामा सञ्चालित छ । आर्थिक वर्ष २०७६/०७७ मा प्राधिकरणले हालसम्मकै उच्च नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षमा प्राधिकरणले ११ अर्ब पाँच करोड रुपैयाँ नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले नौ अर्ब ८१ करोड नाफा कमाएको थियो । प्राधिकरणले सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेको छ ।

विद्युत चुहावट पनि केही घटेर १५.२७ प्रतिशतमा सीमित भएको छ । बार्षिकोत्सवको अवसरमा शुभकामना दिदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले स्वदेशी विद्युत् उत्पादन वृद्धि, माग र आपूर्ति व्यवस्थापन तथा व्यापारिक चुहावट न्यूनीकरणमा लाग्न निर्देशन दिएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले अहिलेसम्म प्राप्त गरेका उपलब्धी सुरुवात मात्र भएको र यसको जगमा टेकेर अघि बढ्दै समृद्धिका लागि सरकारले लिएको मार्गमा सहयोगी र भरपर्दो माध्यम बन्ने प्रतिबद्धता जनाएका छन् ।

प्राधिकरणले आगामी वर्षमा चुहावट घटाउने–खपत बढाउने, उत्पादन बढाउने–महसुल घटाउने, आयात घटाउने–निर्यात बढाउने प्रतिबद्धता जनाएको छ ।

१ भाद्र २०७७, सोमबार ०९:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..