कार्यदलबारे नेकपामा नयाँ विवाद

काठमाडौं । नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकम दाहालबीचको सहमतिमा गठन गरिएको कार्यदलबारे नयाँ विवाद देखापरेको छ । अध्यक्षद्वय ओली र दाहालले विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गर्न किन आवश्यक परेको भन्दै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले प्रश्न उठाएका छन् ।

शनिबार बिहान पार्टी अध्यक्ष दाहालको निवासमा चारजना नेताको बैठकमा वरिष्ठ नेताद्वय खनाल, नेपाल र प्रवक्ता श्रेष्ठले सचिवालयको बैठक डाक्नसमेत माग गर्नुभएको छ । पार्टी कमिटीको बैठक चलिरहेका बेला कार्यदलको आवश्यकता किन पर्‍यो ? कार्यदल नै बनाउने हो भने ठूलो दायरामा छलफल किन गरिएन ? भन्ने प्रश्न उठेको हो । कार्यदल बनिसकेको अवस्थामा अब सचिवालय बैठक बोलाएर त्यसले कार्यादेश दिन नेताहरुले सचिवालय बैठक माग गरेको बताइएको छ ।

विवाद समाधानका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक बसेको छ । शनिबार ललितपुरस्थित भैंसेपाटीमा बसेको बैठकमा पार्टीभित्रको विवाद समाधानका विकल्पबारे छलफल भएको हो ।

प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले महासचिव विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल र जनार्दन शर्मा सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदललाई छिटोभन्दा छिटो पार्टीभित्रको समस्या समाधानका लागि प्रस्ताव तयार पार्न निर्देशन दिइएको छ ।

३१ श्रावण २०७७, शनिबार १७:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..