भारतमा कोरोनाविरुद्धको तीन वटा खोप तयार भइरहेको प्रधानमन्त्री मोदीको उद्घोष

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध आफ्नो देशमा तीनवटा खोप तयार भइरहेको दाबी गरेका छन् । भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा दिल्लीको लालकिल्लामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना विरुद्धको खोप निर्माण भइरहेको जनाएका हुन् ।

महामारीका कारण नागरिक चिन्तित रहेको भन्दै उनले तीनवटा खोपको विकास भइरहेको जानकारी दिए । तीनवटै खोपको फरक–फरक चरणमा परीक्षण भैरहेको र स्वीकृति पाउने वितिक्कै ब्यापक मात्रामा खोप उत्पादन गर्ने योजना सरकारले बनाएको पनि मोदीले जानकारी दिए ।

प्रधानमन्त्री मोदीले भारतले छिमेकी मुलुकहरुसँगको सामाजिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध अझ गहिरो बनाइरहेको पनि दावी गरे । उनले भारतको भौगोलिक सीमाले छुने मुलुकमात्र छिमेकी मात्रै नभएर भावना मिल्ने पनि छिमकी मुलुक भएको उल्लेख गरे ।

उनले दक्षिण एसियाली मुलुकले आफ्नो क्षेत्रको विकासका लागि मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए । उनले लद्दाखमा भारतीय सैनिकले बहादुरी देखाएको भन्दै प्रशंषा समेत गरे ।

३१ श्रावण २०७७, शनिबार १८:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..