कंगनाद्वारा सुशान्त प्रकरणमा सीबीआई जाँचको माग

मुम्बई । दिवंगत बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या घटनालाई फेरि सीबीआईको तर्फबाट जाँच हुनुपर्ने माग बलिउड कलाकारले उठाएका छन् । उनको आत्महत्या प्रकरणको अनुसन्धान फित्तलो हुँदै गएको भन्दै परिवारको सदस्यसहित बलिउडकर्मीले यस्तो माग उठाएका हुन् ।

यसैक्रममा अभिनेत्रीद्वय कंगना रौता र अंकिता लोखँडेले सामाजिक सञ्जालमा प्लेकार्डसहितको फोटो पोस्ट गर्दै सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणको जाँच सीबीआईको तर्फबाट गम्भीर रूपमा हुनुपर्ने माग गरेका छन् । यी दुई अभिनेत्रीले अहिलेको जाँच गम्भीर रूपमा नभएको जिकिर गरेका छन् ।

सुशान्तकी बहिनी श्वेता कृतिले एक भिडियो सेयर गर्दै सुशान्तको आत्महत्या प्रकरणलाई सीबीआईका तर्फबाट सूक्ष्म रूपमा अनुसन्धान हुनुपर्ने भन्ने सिनेकर्मीदेखि प्रशंसकहरूको मागलाई उठाएकी छन् । सबैको मागलाई सीबीआईका तर्फबाट गम्भीर रूपमा लिनुपर्ने कथन बहिनी श्वेताको छ ।

बहिनी श्वेतासहित प्रशंसकबाट सामाजिक सञ्जालमा यस्तो माग उठेपछि सुशान्तको न्यायका लागि अभियान चलाएकी अभिनेत्री कंगनालाई केही समर्थन मिलेको छ । सुशान्तले जसरी पनि न्याय पाउनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने भन्दै अभिनेत्री कंगनाले आवाज उठाइरहेकी छन् ।

यो घटनाको वास्तविकता के हो त्यो जान्न अधिकारी परिवारसहित आफूहरूलाई भएको भन्दै सत्यतथ्य बाहिर ल्याउन अभिनेत्री कंगनाले माग गरेकी हुन् ।

३० श्रावण २०७७, शुक्रबार १७:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..