कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोट । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण महाबै गाँउपालिका वडा नम्बर तीन नकुगाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरेको हो ।

पहिरोले पुरेर विष्टका दुई छोरा र दुई छोरीको मृत्यु भएको हो । त्यस्तै उनका दाजु डिल बहादुर बिष्टका दुई छोरीको पनि पहिरोमा परेर ज्यान गएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा १९ वर्षीया शान्ति बिस्ट, १८ वर्षीया सबिना, १५ वर्षीया आशा, १३ वर्षीय पुष्प, ११ वर्षका प्रबिन बिस्ट र १० वर्षीया रेखा बिस्ट रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले पहिरो गएको ठाँउमा प्रहरी टोली परिचालन भैसकेको जनाएको छ । पहिरो खसेको ठाँउमा प्रहरी र स्थानीयले उद्दारको प्रयास जारी राखेका छन् ।

३० श्रावण २०७७, शुक्रबार ०९:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर गाउँपालिकामा कार्यरत..

ट्रम्पलाई कसले पठायो कुरियरमार्फत विषालु पदार्थ ?

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाइएको खुलेको छ । ट्रम्पलाई..

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..