महोत्तरीमा थप ४३ जनामा कोरोना संक्रमण

महोत्तरी । महोतरीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार १८ पुगेको छ । पछिल्लो पटक जिल्ला मालपोत कार्यालयका २८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै जलेश्वर नगरपालिका ११, महोतरीका २, लोहारपटि र बलवाका एक–एक जनामा संक्रमण देखिएको छ । हालसम्म महोतरीमा २ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने ८ सय ५० जना निको भएर घर फर्केका छन् ।

यता उपचारका क्रममा आइतबार राति मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिकाका ६ का ४६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । फोक्सो र मधुमेहका बिरामी उनी आइतबार जनकपुरस्थित रामजानकी अस्पताल भर्ना भएका थिए ।

भोलिपल्ट सोमबार शव गाउँ ल्याएर अन्तिम संस्कार गरिसकेपछि मंगलवार राति रिपोर्ट पोजेटिभ आएको थियो । मृतकको अन्तिम संस्कारमा सहभागी र अन्यको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

२९ श्रावण २०७७, बिहीबार १०:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..