कोरोना संक्रमणबाट आज थप पाँचजनाको निधन

काठमाडौं । कोरोना संक्रमणले बुधबार थप ५ जनाको निधन भएको छ । बुटवल र जनकपुरका २–२ जना र मोरङका १ जनाको बुधबार निधन भएको समाचार प्राप्त भएको छ ।

आज थपिएका ५ जनासहित नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८८ पुगेको छ । यो एक सातामा संक्रमणबाट २५ जनाले ज्यान गुमाएका छन् । साउन २२ गते ६३ जनाको निधन भएको थियो भने आज बुधबारसम्म त्यो संख्या बढेर ८८ पुगेको हो ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए ।

मृत्यु भएकामध्ये कृष्णनगर नगरपालिका­१० का २५ वर्षीय युवकलाई भने गए राति नै करिब १२ बजे कोरोना विशेष अस्पतालमा गम्भीर अवस्थामा ल्याइएकामा उपचारकै क्रममा राति २ बजे मृत्यु भएको डा खनालले जानकारी दिए । कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिएकाले सोहीअनुसार उपचार हुँदै गर्दा कोरोना सङ्क्रमणको पिसीआर परीक्षण नै गर्न नपाउँदै मृत्यु भएको उनले बताए ।

कोरोना भाइरस सङ्क्रमणको लक्षणका आधारमा साउन २५ गते अस्पतालमा भर्ना भएका कपिलवस्तु नगरपालिका­२ का ४२ वर्षीय पुरुषको सोही दिन नै पिसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको डा खनालले जानकारी दिए ।

यस्तै ललितपुरको पाटन अस्पतालमा उपचारका लागि भर्ना भएकी जनकपुरकी एक महिनाको पनि बधुबार निधन भयो । उनी साउन १८ गते पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।

यस्तै जनकपुरका होटेल व्यवसायी कृष्ण गिरीको पनि बुधबार मृत्यु भयो । २० दिनदेखि काठमाडौंमा उपचार गराइरहेका गिरीको गएराति मृत्यु भएको हो । मुटु लगायतका रोगका विरामी उनीमा कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तै, कोरोना संक्रमित एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भयो । मोरङको बुढीगंगा गाँउपालिका २ मोरङका ५५ वर्षीय पुरुषको उपचारका क्रममा आज बुधबार बिहान मृत्यु भएको हो ।

२८ श्रावण २०७७, बुधबार १३:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..