कोराना संक्रमणले बुटवलमा २ र जनकपुरमा १ जनाको निधन

काठमाडौं । कोरोना संक्रमणले बुधबार बिहानसम्म बुटवलमा २ जना र जनकपुरमा १ जनाको निधन भएको समाचार प्राप्त भएको छ । बुटवलमा कपिलवस्तु नगरपालिका बडा नम्बर २ जमुवार टोलका ४२ बर्षिय पुरुषको आज बिहान मृत्यु भएको हो ।

बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्थायी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । ज्वरो, रुघाखोकी र स्वास प्रश्वासमा समस्या देखिएपछि उनी २५ गते अस्पताल भर्ना भएका थिए ।

सोही अस्पतालमा कोरोना शंकास्पद अर्का एक पुरुषको पनि मृत्यु भएको छ । कपिलवस्तु कृष्णनगरका ४२ बर्षिय पुरुषको गएराति मृत्यु भएको हो । राति १२ बजे अस्पताल भर्ना भएका उनको विहान दुई बजे मृत्यु भएको लुम्विनी प्रादेशिक अस्पतालले जनाएको छ । उनको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

यता, जनकपुरका  होटल व्यवसायी एवं पूर्व नगर प्रमुख कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीस दिनदेखि काठमाडौंमा उपचार गराइरहेका संक्रमितको गएराति मृत्यु भएको हो । मुटु लगायतका रोगका विरामी उनीमा कोरोना पोजेटिभ देखिएको थियो ।

होटेल रामाका संचालक समेत रहेका गिरिलाई अवस्था गम्भिर भएपछि उपचारका लागि काठमाडौ ल्याइएको थियो । कोरोना संक्रमणबाट धनुषामा अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइशोलेसनमा उपचार गराइरहेकै बेला विदेह नगरपालिकाका ६० वर्षिय पुरुषको मंगलवार मृत्यु भएको थियो ।

आइतवार जनकपुरधामको कदमचौक स्थित विनय तारा फाउन्डेशन अस्पतालमा सुरक्षा गार्डको रुपमा कार्यरत एकजना पुरुषको पनि मृत्यु भएको थियो । एकसाता अघि धनुषाका शहीदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय एक युवकको उपचारको क्रममा मृत्यु भएको थियो ।

२८ श्रावण २०७७, बुधबार १०:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

ट्रम्पलाई कसले पठायो कुरियरमार्फत विषालु पदार्थ ?

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाइएको खुलेको छ । ट्रम्पलाई सम्बोधन गरेर पठाइएको..

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..