सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी उपचारका लागि गएराति अमेरिका प्रस्थान गरेका छन् । स्वास फेर्न कठिन भएपछि दत्त अगस्ट ८ मा मुम्बइस्थित लीलावती अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा उपचारका क्रममा उनलाई फोक्सोको क्यान्सर भएको पत्ता लागेको हो । क्यान्सर भएको सार्वजनिक भएपछि उनका प्रशंषकले उनको सीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा पोष्टहरु गरेका छन् ।

उनकी आमा नरगिसको पनि क्यान्सरका कारण सन् १९८१ मा आमाको निधन भएको थियो । ६१ वर्षीय दत्तको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । दत्तका श्रीमती र सन्तान कोरोना भाइरस संक्रमणका कारण गरिएको लकाउनले गर्दा पाँच महिनादेखि दुबईमा रहेका छन् ।

२८ श्रावण २०७७, बुधबार ०९:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

लोक सेवा आयोगका स्थगित परीक्षा कात्तिकदेखि सुरू हुने

काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षा लोक सेवा आयोगले आगामी महिनादेखि सुचारु गर्ने भएको छ । बिहीबारको..

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका..

एसिड छ्याप्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार..

सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा..

बुटवलमा २, चितवन र डडेल्धुरामा १-१ संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट आज बुटवलमा २, चितवन र डडेल्धुरामा एक-एक जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना..