नेपालमा आज थपिए ६३८ नयाँ सङ्क्रमितः चारको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४६२ जनामा गरेको पिसिआर परीक्षणबाट ६३८ नयाँ सङ्क्रमित देखिएका हुन् । हालसम्म चार लाख ६२ हजार ६९८ जनाको पिसिआर परीक्षण भएको जनाइएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आज उपत्यकामा थप १३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये काठमाडौँका १२१, लतिपुरका १२ र भक्तपुरका सात सङ्क्रमित रहेका छन् ।

कोभिड–१९ बाट थप चारको मृत्यु

कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले धनुषा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका गरी थप चारको मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा धनुषाका ५० र ६० वर्षीय पुरुष रहेका छन् । त्यस्तै काभ्रेका ५० वर्षीया महिला तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष छन् ।

पछिल्लो २४ घण्टामा १७१ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १६ हजार ६६४ पुगेको छ । आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार २०१ रहेको छ ।

अहिले होम आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या २२४ रहेको छ । आइसियुमा ८५ सङ्क्रमित छन् । यीमध्ये तीन जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । देशभर आइसियु श्यया जम्मा ११ हजार ३४ र भेन्टिलेटर जम्मा ५७६ रहेको मन्त्रालयले जनाएको छ । यसैबीच चौधरी पाउण्डेशनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आठ भेन्टिलेटर सहयोग प्रदान गरेको मन्त्रालयले जनाएको छ ।

२७ श्रावण २०७७, मंगलवार १९:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

ट्रम्पलाई कसले पठायो कुरियरमार्फत विषालु पदार्थ ?

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाइएको खुलेको छ । ट्रम्पलाई सम्बोधन गरेर पठाइएको..

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..