विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो

जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २ लाख नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले मङ्गलबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २ लाख ५९ हजार ५६४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ३९ हजार २१२ जनाको मृत्यु भएको पनि सो सङ्गठनले जनाएको छ । मङ्गलबारसम्म विश्वभरीमा एक करोड ३१ लाख ९० हजार ५१६ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

विश्वभरमा हाल ६३ लाख २९ हजार ८३६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ६९५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५२ लाख ५१ हजार ४४६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६६ हजार १९२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४८ लाख २६६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ६१ हजार २८३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६१ लाख ८२ हजार ५४४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ३६ हजार २२७ जनाको मृत्यु भएको छ ।

युरोपमा ३० लाख ६४ हजार ७२१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख छ हजार ४०५ को मृत्यु भएको छ । एसिया ५१ लाख २५ हजार ३९४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ११ हजार २५३ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा दश लाख ६१ हजार ९८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २३ हजार ६४३ जनाको मृत्यु भएको छ । ओसियानामा २३ हजार ६५९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३५७ जनाको मृत्यु भएको छ ।

२७ श्रावण २०७७, मंगलवार १६:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..