गोंगबु हत्या : स्लिपिङ ट्याब्लेट खुवाई बेहोस बनाएर हत्या, त्यसपछि घाँटी र खुट्टा छिनाइयो

काठमाडौं । काठमाडौंको गोंगबुमा गत आइतबार भएको हत्यामा संलग्न रहेको आरोपमा चितवनबाट पक्राउ परेकी महिलामाथि अनुसन्धान सुरु गरिएको छ । हत्या आफूले गरेको कल्पना मुडभरिले प्रहरी समक्ष बयान दिइसकेकी छन् । नक्कली फेसबुक आइडी बनाएर अवान्छित तस्बीर सार्वजनिक गर्न थालेपछि आफूले हत्या गरेको कल्पनाले प्रहरीलाई बयान दिएकी छन् ।

दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहरालाई कल्पना मुडभरी (पौडेल)ले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको पाइएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन् ।

हत्या आरोपित महिला कल्पना र उनकी १५ वर्षीया छोरीलाई मंगलबार बिहान काठमाडौं ल्याई प्रहरीले टोखा नगरपालिकाको नवज्योती मार्गमा हत्या गरिएको घरमै लगेर बयान लिएको छ ।

हत्या गरिएका दाङका कृष्णबहादुर बोहोरासँगको सम्बन्धबारे खुलाइएको छैन । बयानकै क्रममा ती महिलाले बोहोराको हत्या गरेको र शव व्यवस्थापनमा छोरीले सहयोग गरेको खुलेको छ ।

ती महिला विगत ४ वर्षदेखि घटनास्थलबाट केही मिटर पर रहेको किरण बस्नेतको घरको तेस्रो तल्लामा आफ्नी एक छोरी र एक छोरासँग बस्दै आएकी थिइन । ती महिलाका श्रीमान भने खाडी मुलुकमा रहेको र ठुली छोरीको भने विवाह भइसकेको छ ।

हत्यापछी शवलाई टुक्राटुक्रा पारी सुटकेशमा राखिएको र टाउको र खुट्टा भने प्लाष्टिको झोलामा राखि फालिएको थियो । शव ब्यबस्थापनपछि आमा छोरी एम्बुलेन्स भाडामा लिई चितवन पुगेको खुलासा भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

२७ श्रावण २०७७, मंगलवार १२:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..