बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

बार्सिलोना । स्पेनिस महारथी बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ । आइतबार बिहान भएको लिगको दोस्रो लेगको खेलमा इटालियन क्लब नापोलीलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो।

गत फेब्रुवरी मै भएको पहिलो लेगको खेलमा १–१ को बराबरी खेलेको बार्सिलोनाले दोस्रो लेगको खेलमा नापोलीविरुद्ध ३–१ को जित हात पार्दै समग्रमा ४–२ गोलअन्तरका सहित अन्तिम ८ मा प्रवेश गरेको हो।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा १० औँ मिनेटमा लेङ्गलेटको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । त्यसपछि २३औं मिनेटमा मेसीले गोल गरी अग्रता दोब्बर बनाए।

पहिलो हाफमो थप समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै स्वारेजले गोल गर्दा बार्सिलोना ३–० ले अघि बढ्यो । त्यसको लगतै नापोलीले पनि पेनाल्टीको अवसर पायो । थप समयको पाँचौँ मिनेटमा इन्सिग्नेले त्यसलाई गोलमा परिणत गरी अग्रता घटाउने प्रयास गरे ।

दोस्रो हाफमा कुनै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना ३–१ ले जित हात पार्न सफल भयो।

२६ श्रावण २०७७, सोमबार ०७:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..