भदाै १ देखि सुरु हुने भनिएको अन्तराष्ट्रिय हवाई उडान सुरु नहुने

काठमाडौं, २६ साउन । नेपाल सरकारको कोरोना संक्रमण चुनौती व्यबस्थापन समिति (सीसीएमसी)ले भदौ १ गतेदेखि सुरु गर्ने भनिएको राष्ट्रिय- अन्तराष्ट्रिय हवाई सेवा, लामो दूरीको सार्वजनिक यातायात खुला नगर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको भन्दै सीसीएमसीले साउन ५ को मन्त्रिपरिषद् निर्णय सच्याउन सिफारिस गरेको हो ।

मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले दिएको जानकारी अनुसार भदौ १ गतेदेखि हवाई उडान र अन्तर जिल्ला यातायात सञ्चालन गर्ने निर्णय सरकारले गरे पनि सङ्क्रमणको दर बढ्दै गएको अवस्थामा के गर्ने भन्ने विषयमा लामो बहस भएको र समितिले भदौ १ गतेदेखि सुरु गर्ने भनिएको राष्ट्रिय- अन्तराष्ट्रिय हवाई सेवा, लामो दूरीको सार्वजनिक यातायात खुला नगर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

बैठकमा मुलुकको पछिल्लो अवस्थाको बारेमा समेत छलफल भएको छ । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गराउन, स्थानीय तहले नै आवश्यक संयन्त्रको परिचालन गर्न र त्यसका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच थप समन्वय गर्नुपर्ने विषयमा समेत बैठकमा छलफल भएको गुरागाईंले बताए ।

त्यसैगरी सरकारले मुलुकभर आइसोलेसन र क्वारेन्टिनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने भएको छ ।

सीसीएमसीको बैठकले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि थप आइसोलेसन कक्ष थप गर्ने निर्णय गरेको हो ।

बैठकले स्थानीय तह र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय गरेको छ ।

सचिव गुरागाईका अनुसार सरकारले तोकेका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड प्रयोग नगर्दा सङ्क्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष पनि बैठकले निकालेको छ । अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि बैठकले आग्रह गरेको छ ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएको अवस्थामा सर्वसाधारण, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, उद्योगी तथा व्यवसायी सबैलाई सुरक्षित रहन समितिले आग्रह गरेको छ ।

२६ श्रावण २०७७, सोमबार ०६:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..