सार्क मुलुक भित्र तत्काल हवाइ उडान नहुने

काठमाडौँ, २५ साउन । अन्तराष्ट्रिय हवाई उडान भदौ १ बाट खोल्ने निर्णय भएपनि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) देशभित्र भने तत्काल उडान नहुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो चरणमा सार्क मुलुक बाहेकका देशमा मात्रै उडान गर्ने गरी प्रस्ताव तयार पारिएको जनाएको छ । भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका कारण सार्क देशभित्र तत्काल उडान सुरु नगर्ने गरी प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ ।

दैनिक १ दर्जन उडान गर्ने गरी तयारी भईरहेको बताईएको छ । यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) निर्देशक समितिमा छलफल हुनेछ ।

नेपाल उडान गर्नुभन्दा ७२ घण्टा अगाडि पीसीआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएको हुनुपर्नेछ । नेपाली नागरिकको हकमा १४ दिन होम वा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । क्वारेन्टाइनमा बस्दा स्वाब संकलन गरी पीसीआर टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएपछि मात्र समुदायमा जान पाइने मापदण्ड बनाईएको छ ।

२५ श्रावण २०७७, आईतवार १५:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..